मानव जीवन चक्र र स्वास्थ्य – खिम बहादुर पौडेल

मानव बिकासका चरणहरु र स्वास्थ्य मानव बिकासका चरणहरु भन्नाले गर्भावस्थादेखि मृत्युसम्मका अवस्थाका चरणहरुलाइ जनाउछ | यसलाई जीवन अवधिका विभिन्न अवस्था पनि भनिन्छ | मानव बिकासका चरणहरु विभाजन गर्ने मुख्य आधार शारीरिक उमेरलाइ मानिन्छ |  ढुंगे युगमा अन्य जनावर सरह जीवनयापन गर्ने मानव बर्तमान विश्वको सबैभन्दा बिकसित र समुन्नत प्राणी हो  | मानवजातिको उदभव भन्नाले बर्तमानमा पृथ्बीबाट लोप भएका मानव पुर्खाहरु (Primate) जस्तै: नरवानर (Ape) बाट क्रमिक रुपमा विकास भई अहिलेको मानव अवस्थासम्मको प्रकृयालाइ बुझिन्छ | नरवानर जस्तै पुर्खाबाट क्रमिक रुपमा विकास हुदै अहिलेको मानवका रुपमा आइपुग्न करिब ६०००००० ( साठी…

पाल्पाका नौं हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/ पोलियो बिरुद्धको खोपबारे पाल्पाका संचारकर्मी तथा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । २०७२ जेठ महिनादेखि २०७५ भदौं महिनासम्म खोप अभावका कारण पाल्पाका नौं हजार बढी बालबालिका पोलियो बिरुद्धको खोप लगाउन छुटेका थिए । ती बालबालिकालाई अहिले खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । विगतमा छुटेका बालबालिकालाई खोप लगाउने उद्देश्यले यही जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको डा. गिरीले जानकारी दिनुभयो । पाल्पामा नौं हजार…

रुरु गाउँपालिकाको रिडीमा आँखा उपचार केन्द्र स्थापना

नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो । सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ । स्थापना गरिएको…

स्वास्थ्य प्रणाली र उठाउनु पर्ने बिषयमा स्वास्थ्य पत्रकारहरुलाई प्रशिक्षण

स्वास्थ्यसमाचार/ संविधानको धारा ३५ मा नागरिकको स्वास्थ्य सम्वन्धी हकको विषय स्पष्टसँग उल्लेख गरिएको छ । तर, त्यहि हक कार्यान्वयनका लागि बनाइएका कतिपय नीतिगत व्यवस्थाको राम्ररी कार्यान्वयन हुन सकेको छैन । नीतिगत व्यवस्था मात्रै होइन नेपालले दीगो विकास लक्ष्य हासिलका लागि तय गरिएका स्वास्थ्य सम्वन्धी अन्तराष्ट्रिय प्रतिवद्धता जनाउँदै आएको छ । तर, त्यसरी गरिएका कतिपय प्रतिवद्धता हरु लक्ष्यमा पुग्न सकेका छैनन् । किन यस्तो भइरहेको छ ? अहिले अवस्था के छ ? यसका लागि मिडियाको भूमिका के हुन सक्छ ? विज्ञहरुले गत शुक्रबार र शनिबार स्वास्थ्य बिटमा कलम चलाउने क्रियाशिल पत्रकारहरुलाई…

रुपन्देहीका ७० हजार वालवालिका लाई आईपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपी भी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपी भी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म…

मनपरी गर्ने बुटवलका २ मासु पसललाई१०- १० हजार जरिवाना

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले २ वटा मासु पसललाई जरिवाना गरेको छ।  अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासु पसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको हो। बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहदी मासु पसल र बुटवल १ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको भन्दै १०-१० हजार रुपैयाँ जरिवाना गराएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए। उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बधस्थल बनाएको, खसीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध…

हेमराज पाण्डेय र पन्त वरिष्ठ जनस्वास्थ्य प्रशासक (नबौ )तहमा बढुवा

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक बढुवा मुल्यांकन द्वारा जनस्वास्थ्य प्रशासक दुई जनालाई बढुवा गरेको छ। लुम्बिनी प्रदेशमा समायोजन भएका एक र सुदूरपश्चिम प्रदेशमा समायोजन भएका एक जना उच्च स्वास्थ्य अधिकारी रहेका छन। संघीयता कार्यान्वयनसँगै प्रदेशमा समायोजन भएर संघबाट बढुवा हुने वरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेय र दया कृष्ण पन्त रहेका छन। लुम्बिनी प्रदेशमा समायोजन पाण्डेय हाल स्वास्थ्य कार्यालय प्युठानमा कार्यरत छन् भने सुदूरपश्चिममा समायोजन भएका पन्त हाल सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत छन्। प्रदेशमा स्वास्थ्यका कर्मचारीहरुले प्रदेशमा आन्तरिक बढुवाबाट पदपूर्तिका लागि प्रदेश सरकार तथा प्रदेश लोकसेवा आयोगलाई…

पीडितको सारथी बन्दै लुम्बिनी प्रादेशिक अस्पतालको ओसिएमसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडितको सारथी बन्दै गएको छ । लैङ्गिक हिंसा र यौनजन्य हिंसाका घटनाका पीडितहरूको लागि निःशुल्क स्वास्थ्य उपचार, परामर्श र हेरचारमा पहुँच बढ्दै गएपछि पुनस्थापना गृह पीडितका लागि सारथी बनेको हो । भैरहवाकी १४ वर्षीया बालिका ३० वर्षीय दाजुबाट ०८० असार १५ गते बलात्कृत हुनुभयो । बलात्कारको शिकार हुनुभएकी बालिकाको पेटमा सात महिनाको गर्भवती भएको थाहा भयो । अन्य बालिकाभन्दा फरक र बौद्धिक रूपमा समस्या हुनुभएकी बालिका सामान्य नभएकै कारण आफ्नो पीडा कसैलाई भन्न सक्नुभएन । बालिका भन्नुहुन्छ, दाईले मलाई…

लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४औं नर्सिङ दिवस

  बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर अफ केयर’ अर्थात हाम्रा ‘नर्सहरु हाम्रा भविष्य हुन, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराकासाथ मनाइएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले नर्सिङ पेसाका जनशक्तिहरु नेपालमा अभाव हुँदै जाने अवस्था सिर्जना हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सबैभन्दा बढी नर्सिङ सेवाका जनशक्तिहरुको…

जीनोमिक डायग्नोस्टीक ल्याब्रोरेटोरी सातौ बर्षमा प्रवेश

स्वास्थ्यसमाचारर बुटवल उपमहानगरपालिका वडा नम्बर ६ हस्पिटल लाईनमा रहेको जिनोमिक डायग्नोस्टीक ल्याब्रोरेटोरी प्रालि सातौ बर्षमा  प्रवेश गरेको छ । सातौ बर्ष प्रवेशको अवसरमा एक औपचारिक कार्यक्रम गरी बार्षिक उत्सव मनाइएको हो । मानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याथोलोजिष्ट सरिता शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नारायण भण्डारीको स्वागत र प्रबन्ध निर्देशक रमेश पाण्डेको सञ्चालनमा भएको हो । कार्यक्रममा सुमन सापकोटा, बायोक्यामिष्ट्री अस्मिता खड्का, सल्लाहकार गुणानीधी खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्थापनाको छैठौ बर्ष सम्म आउँदा ल्याब्रोरेटोरीले विभिन्न स्थानमा हेल्थ प्याकेज कार्यक्रम समेत गर्दै आएको छ । गुणस्तरीय…